बिहिवार, आश्विन २२ गते २०८३

मंगलबार बोलाइएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्ने

सोमवार , चैत्र १३, २०७९

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको मिति परिवर्तन भएको छ ।

यसअघि चैत १४ गते मंगलबार विहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने भनिएकोमा बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

बैठकमा सरकारमा सहभागिता जनाउनेबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार