काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टी सरकारमा सहभागी हुन तीन मन्त्रालयको अडान कायमै राखेको छ ।
पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको बताए।
प्रधानमन्त्रीले जति चाँडो नाम माग्ने र तत्काल बैठक बसेर मन्त्रीको नाम पठाउने उनले बताएका हुन् । प्रवक्ता खतिवडाले बिहान भएको प्रधानमन्त्रीसँगको भेटमा पनि तीन मन्त्रालयको अडान राखेको बताए।
नेकपा एसले गृह मन्त्रालयको अडान राखेको छ । उनीहरुले गृह नभए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चित्त बुझाउन तयार भए पनि तीन मन्त्रालयबाट घट्न नसक्ने स्पष्ट सन्देश प्रधानमन्त्रीलाई दिइसकेका छन्।
प्रचण्डले नेकपा एसको भागमा दुई मन्त्रालयमात्रै प्रस्ताव गरेका छन्। भागवण्डामा समस्या परेकाले २ मन्त्रालयमै चित्त बुझाउन पनि प्रधानमन्त्रीले माधव नेपाललाई भनेका छन्।
एसले तीन मन्त्रालय लिएर पार्टी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ ।