काठमाडौं। मन्त्रिपरिषद्लाई पूणर्ता दिनका लागि भागबण्डा टुंग्याउनका लागि बसेको सत्ता गठबन्धनको बैठक निश्कर्षबिहीन भएको छ ।
न्यूनतम साझा कार्यक्रममा सहमति गर्ने तथा मन्त्रिपरिषद्मा भागबण्डा मिलाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको बैठकमा सहमति जुट्न नसकेको हो । अर्को बैठक भोलि बिहान ९ बजे बस्नेछ ।
आजको बैठकमा बिशेषगरि सत्तारुढ गठबन्धन दलहरुले मन्त्रालयमा आ-आफ्नै अडान राखेपछि निष्कर्षविहीन बनेको हो ।
बैठकमा नेपाली कांग्रेसले ९ मन्त्रालयको अडान राखेको थियो । त्यस्तै, जसपा र नेकपा एसले ३/३ मन्त्रीको अडान कायमै राखेकाले सहमति हुन नसकेको बुझिएको छ ।
आजको बैठकमा साझा न्यूतम कार्यक्रम वितरण भएको जसमा दलहरूले आआफ्नो छलफल गर्नेछन् ।