बुधवार, आश्विन १४ गते २०८३

प्रधानमन्त्री थ्री नेसन्स कप : भुटानसंग बराबरी खेल्दै नेपाल फाइनलमा

मंगलवार , चैत्र १४, २०७९

काठमाडौँ। प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटानले बराबरी खेलेका छन् ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल र भुटानले १–१ को बराबरी खेलेका हुन् ।

भुटानका लागि खेलको १९ औँ मिनेटमा तेन्जिङ नोर्बुले गोल गरे । नेपालका लागि खेल सकिन केही सेकेन्ड अगाडि दिपकराज सिंह ठकुरीले गोल गरे ।

यससँगै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार हुने फाइनल खेलमा नेपालले लाओससँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार