बिहिवार, आश्विन २२ गते २०८३

सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा टुंगियो, कुन दललाई कति मन्त्रालय ?

बुधवार , चैत्र १५, २०७९

काठमाडौं । दश दलीय सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ । बुधबार बसेको बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति भइसकेको बताए।

गठबनधनमा आवद्ध १० मध्ये  ९ दल मात्रै तत्काल सरकारमा सहभागि हुने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने भाग छुट्याउने भन्नेबारेमा कुनै छलफल भएको छैन ।

पार्टी अहिले उप निर्वाचनमा जुटिरहेकाले सरकारमा जान सकारत्मक भएपनि उपनिर्वाचनपछि मात्रै सरकारमा जाने तरखरमा रहेको पनि बुझिएको छ । जनमोर्चाले भने विश्वासको मत दिएपनि सरकारमा भने सहभागि नहुने बताईसकेको थियो । 

बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच सहमति भएको हो । सहमतिअनुसार कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टीलाई २, जनमत पार्टीलाई एक राज्यमन्त्रीसहित २, लोकतान्त्रिक समाजवादी १, नागरिक उन्मुक्तिलाई १ तथा आम जनता पार्टी र नेपाल समाजवादी पार्टीलाई १-१ मन्त्रालय दिने सहमति भएको छ । 

मन्त्रालयको संख्याबारे शीर्ष नेताहरुसँग अझै एकपटक छलफल हुने बताए। मन्त्रालयको नेतृत्व पनि टुंग्याएर भोलि नै शपथतको तयारी पनि गरिएको बुझिएको छ ।

यद्यपी त्यसका लागि केही कुरा मिलाउन बाँकी रहेकाले प्रधानमन्त्री गृहकार्यमा जुटेका छन्।
मन्त्रालयको संख्यामा दलहरू सहमतिमा पुगे पनि कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा कुरा मिल्न बाँकि रहेको छ ।

त्यसका लागि भोलि फेरि सत्ता साझेदार दलको बैठक बस्नेछ । नेकपा एकीकृत समाजवादी पार्टीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने निश्चित भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार