बुधवार, आश्विन १४ गते २०८३

खप्तड गोल्डकपः मनाङ मर्स्याङ्दी फाइनलमा, यामरुनी क्लब ६-० ले पराजित

बुधवार , चैत्र १५, २०७९

धनगढी। मनाङ मर्स्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।धनगढी रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा क्यामरुनी क्लब एभिनरलाई ६-० गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

७ खेलाडीमा समेटिएको एभिनरविरुद्ध मनाङलाई जित दिलाउन सेदजामोल दाभ्लातजोनोभले ह्याट्रिक गोल गरे ।यस्तै जीवन गुरुङ, प्रशन्न श्रेष्ठ र अनिल गुरुङले एक एक गोल गरे ।खेलाडीको कागजी प्रक्रिया नपुगेपछि ९ खेलाडीसहित क्यामरुनी क्लब मैदान उत्रिएको थियो ।

त्यसपछि जोर्डन जुनियर र गोलकिपर नापोलिन यानले रातो कार्ड पाएपछि क्यामरुनी टोली ७ खेलाडीमा समेटिएको थियो ।अब मनाङले उपाधिका लागि सुदूरपश्चिम-११ र थ्री स्टारबीचको विजेतासँग खेल्नेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार