बुधवार, आश्विन १४ गते २०८३

ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणले तरंगः अमेरिकी सभामुखसंग भेटे वदला लिने चीनको चेतावनी

बुधवार , चैत्र १५, २०७९

काठमाडौं। ताइवानका राष्ट्रपति साई इङ वेनले संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा त्यहाँको प्रतिनिधिसभाका सभामुखलाई भेटेमा चीनले त्यसविरुद्ध लड्ने चेतावनी दिएको छ ।

राष्ट्रपति साई आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा बुधबार अमेरिकातर्फ प्रस्थान गरेका छन्।

भ्रमणका क्रममा अमेरिकामा रहँदा उनले प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने बताएका छन्।

चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।

राष्ट्रपति साई सभामुख म्याकार्थीबीचको कुनै पनि बैठक आफूलाई अमान्य हुने उल्लेख गर्दै बेइजिङले यदि उनले भेटवार्ता गरेमा त्यसविरुद्ध लड्न दृढ उपाय अवलम्बन गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार