बिहिवार, आश्विन २२ गते २०८३

कांग्रेसले चितवन-२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

बिहिवार , चैत्र १६, २०७९

काठमाडौं । नेपाली कांग्रेसले चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

बिहीबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बसेको उक्त बैठकले चितवन क्षेत्र नम्बर २ मा पार्टीका पूर्व जिल्ला सभापति श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार