बुधवार, आश्विन १४ गते २०८३

थ्री नेसन्स कप : नेपाल र लाओसबीच उपाधि भिडन्त

शुक्रवार , चैत्र १७, २०७९

काठमाडौं। काठमाडौंमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (शुक्रबार) नेपाल र लाओस भिड्दैछन्। काठमाडौंको दशरथ रंगशालामा हुने खेल नेपाली समयानुसार साँझ ५:३० बजेदेखि सुरु हुने छ। 

नेपाली टोलीका कप्तान किरण चेम्जोङले आफूहरु फाइनलका लागि तयार भएको बताएका छन्। नयाँ खेलाडीहरुको विश्वास बढाउनका लागि यो प्रतियोगितामा जित हात पार्न जरुरी रहेको कप्तान किरणको भनाइ छ। 

अहिलेको अवस्थामा टिम बनाउन नै चुनौतीपूर्ण रहेको बताउँदै किरणले नयाँ खेलाडीसँग छोटो समयमा खेलेको खेललाई आधार मान्दा सबैले राम्रो गर्ने बताए।

नेपालले यसअघि लाओसमाथि २–० गोल अन्तरको जित हासिल गरेको थियो। नेपालले भुटानसँग भने १–१ गोलको बराबरी खेलेको थियो। 

नेपालसँग हार बेहोरेको लाओसले भुटानलाई भने २–१ ले पराजित गरेको थियो। नेपालसँग बराबरी खेलेसँगै भुटान प्रतियोगिताबाट बाहिरिएको थियो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार