शुक्रवार, आश्विन १६ गते २०८३

कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै, आईपीओ निष्कासन गर्ने तयारी

शुक्रवार , चैत्र १७, २०७९

काठमाडौं। कान्तिपुर टेलिभिजन नेटवर्क कम्पनी लिमिटेडको विशेष साधारणसभा आज बस्दैछ । सभाबाट कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न यसअघि नै सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ । कम्पनीले गत आर्थिक वर्षकोे नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाडौंमा, दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार