भारतबाट इन्धनको मूल्य घटेर आएको छ ।भारतीय आयल कर्पोरेशन आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ सूची मूल्य अनुसारपेट्रोल प्रतिलिटर एक रुपैयाँ ७४ पैसा र डिजलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेको छ ।
यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १ सय ५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १ सय ६८.१२ रुपैयाँ कायम भएको छ ।हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ कायम छ ।
जस अनुसार अब निगमलाई डिजेलमा प्रतिलिटर २२ रुपैयाँ ८३ पैसा र पेट्रोलमा ९ रुपैयाँ ८८ पैसा फाइदा रहेको निगमका प्रबन्ध निर्देशक उमेश थानीले जानकारी दिए। निगमले अब पेट्रोल र डिजलबाट १५ दिनमै ८० करोड रुपैयाँभन्दा धेरै नाफा कमाउनेछ ।यस्तै, खाना पकाउने एलपी ग्याँसको मूल्य पनि घटेर आएको छ ।
नयाँ मूल्यसूचीअनुसार एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९६ रुपैयाँ घटेर आएसँगै अब घाटा ५ सय रुपैयाँमा झरेको छ । हाल निगमले एलपी ग्याँस प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँमा बिक्री गरिरहेको छ ।
भारतबाट पटक-पटक इन्धनको मूल्य घटेर आए पनि निगमले यसअघिको घाटा पूर्ति गर्न भन्दै मूल्य घटाएको छैन ।