बुधवार, आश्विन १४ गते २०८३

आईपीएल क्रिकेट: पन्जाबको सुखद सुरुआत

शनिवार , चैत्र १८, २०७९

काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा पन्जाब किंग्सले विजयी सुरुवात गरेकाे छ।पन्जाबले घरेलु मैदान मोहालीमा कोलकत्ता नाईट राईडर्सलाई डिएल मेथडमा ७ रनले पराजित गरेको हो । 

१६ ओभर सकिदा भारी बर्षा भएपछि खेलको निर्णय डीएल मेथडबाट भएको हो । पन्जाबले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएउदै ब्याटिङ गरिरहेको कोलकत्ताले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाउँदा भारी बर्षाका कारण खेल रोकिएको थियो । निरन्तर भारी बर्षा भएपछि डीएल मेथडमा पन्जाब किंग्स ७ रनले विजयी भएको हो ।

कोलकत्ताका लागि आन्द्र रसेलले १९ बलमा सर्वाधिक ३५ रन बनाउँदा इम्प्याक्ट खेलाडीका रुपमा बरुण चक्रवर्तीको स्थानमा ब्याटिङमा आएका वेंकटेस अय्यरले ३४ रन बनाए । 

कप्तान नितिश राणाले २४ तथा रहमनउल्लाह गुर्वाजले २२ रन बनाए ।

पन्जाबका लागि अर्शदिप सिंहले ३ तथा राहुल चहर,नाथन एलिस,सिकन्दर राजा र साम करनले समान १/१ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

पन्जाबका लागि भानुका राजपाक्षेले ३२ बलमा ५ चौका र २ चौकाको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । कप्तान शिखर धवनले २९ बलमा ४० रन बनाउँदा साम करनले १७ बलमा अविजित २६ रन बनाए । 

पहिलो खेलमा जित हात पारेको पन्जाब २ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोलकत्ता अंक बिहिन रुपमा चौथो स्थानमा रहेको छ । 

भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार