काठमाडौं । वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अबरुद्ध भएको छ । । मङ्गलबार राति परेको अविरल वर्षाले कालीकोटको खाँडाचक्र नगरपालिका २ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।
पहिरोका कारण यात्रुहरु अलपत्र परेका छन् । साथै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रकहरु बीच बाटोमै रोकिएको जनाइएको छ । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका २ का वडाध्यक्ष बिर्खबहादुर विकले बजानकारी दिए।
त्यस्तै, अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको सान्नी त्रिवेणी गाउँपालिका १ को रेगिलमा पनि ठूलो पहिरो गएकोे छ । पहिरोका कारण कर्णाली करिडोर पनि अवरुद्ध रहेको सान्नी त्रिवेणी गाउँपालिका १ का वडाध्यक्ष भरत विकले बताए ।