बुधवार, आश्विन १४ गते २०८३

आईपीएल: हैदराबादमाथी राजस्थानको सहज जित

सोमवार , चैत्र २०, २०७९

काठमाडौं। साबिक उपविजेता राजस्थान रोयल्सले जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)मा सुखद सुरुआत गरेको छ । 

आफ्नो पहिलो खेलमा नै हैदराबादमाथी ७२ रनको सानदार जित हात पारेको छ । 

राजिब गान्धी अन्तराष्ट्रिय क्रिकेट स्टेडियम हैदराबादमा भएको खेलमा राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबाद २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन मात्र बनायो । 

हैदराबादका लागि अब्दुल समादले सर्वाधिक अविजित ३२ रन बनाए । मंयक अग्रवालले २७ रन बनाउँदा उमरान मल्लिकले अविजित १९ रन बनाए । आदिल रशिदले १८ रन बनाए । 

राजस्थानका लागि युजभेन्द्र चहलले ४ तथा ट्रेन्ट बोल्डले २ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । 

राजस्थानका लागि सन्जु सामसन,यसस्वी जैसवाल र जस बटलरले अर्धशतकीय ईनिङ खेले । कप्तान सामसनले ३२ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५५ रन बनाए । 

जैसवालले ३७ बलमा ५४ रन बनाउँदा बटलरले २२ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाए । 

शिमरन हिटमायरले १६ बलमा अविजित २२ रन बनाए । 

पहिलो जितसँगै राजस्थान २ अंकका साथ शीर्ष स्थानमा रहेको छ । हार सँगै हैदराबाद अंकबिहिन रहँदै आठौं स्थानमा रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार