शुक्रवार, आश्विन १६ गते २०८३

पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौतीः लिटरमै १० रुपैयाले घट्यो डिजेल र मटीतेल 

सोमवार , चैत्र २०, २०७९

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आज बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले र पेट्रोलको मूल्य प्रति लिटर ३ रुपैयाँले घटाउने निणर्य गरेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए।

यो निणर्यसँगै अब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य प्रति लिटर १ सय ७५ रुपैयाँ थियो ।

यस्तै, हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसतमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेको छ । यसैगरी, पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएर १ सय ७५ रुपैयाँ कायम गरिएको छ ।

खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँमै याथावत राखिएको छ । निगमले घटेको मूल्य आज रातिदेखि लागू हुने जनाएको छ ।

पछिल्लो समय भारतबाट पटक-पटक इन्धनको मूल्य घटेर आए पनि नेपालमा घटाएकाे थिएन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार