बुधवार, आश्विन १४ गते २०८३

आइपिएल: लखनउलाई चेन्नाईले १२ रनले हरायाे

मंगलवार , चैत्र २१, २०७९

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा  चेन्नाई सुपर किंग्सले आफ्नो दोस्रो खेलमा पहिलो जित हात पारेको छ । 
 
साेमबार भएकाे खेलमा चेन्नाईले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको हो । 

चेन्नाईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट २ सय ५ रन मात्र बनाउन सक्यो । 

लखनउका लागि ओपनर कायल मेयर्सले लगातार दोस्रो अर्धशतक बनाउने क्रममा २२ बलमा ५३ रन बनाए । मेयर्सले ८ चौका तथा २ छक्का प्रहार गरे । 

निकोलस पुरनले १८ बलमा ३२ रन बनाउँदा मार्कुस स्टोईनसले १८ बलमा २१ रन बनाए । आयुष बदोनीले १८ बलमा २३ रन बनाए । 

चेन्नाईका लागि मोईन अलिले ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए । तुसारदेश पान्डेले २ र मिचेल स्यान्टेनरले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । 

चेन्नाईका लागि ऋतुराज गायकवाडले ३१ बलमा ५७ रनको अर्धशतकीय ईनिङ खेले । उनले ३ चौका र ४ छक्का प्रहार गरे । 

अर्का ओपनर डेभोन कन्वेले २९ बलमा ४७ रन बनाए । अम्बादी राइडु १४ बलमा २७ रनमा अविजित रहँदा शिवम दुवेले १६ बलमा २२ रन बनाए । मोईन अलिले १३ बलमा १९ तथा कप्तान महेन्द्र सिंह धोनीले ३ बलमा १२ रन बनाए ।  

लखनउका लागि मार्क वुड र रवि विष्नोईले समान ३/३ विकेट लिए । आवेश खानले १ विकेट आफ्नो नाम गरे ।

दोस्रो खेलमा पहिलो जित हात पारेको चेन्नाई २ अंकका साथ छैटौं स्थानमा रहेको छ । पहिलो खेलमा हार व्यहोरेको लखनउ २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार