बुधवार, आश्विन १४ गते २०८३

अदालतमा उपस्थित हुँदै ट्रम्प, समर्थकहरू प्रदर्शकाे तयारीमा

मंगलवार , चैत्र २१, २०७९

काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आज अदालतमा उपस्थित हुँदै गर्दा अमेरिकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

ट्रम्पका समर्थकहरुले प्रदर्शनको तयारी गरेपछि न्यूयोर्क, म्यानहटनलगायतका स्थानमा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । गएराति ट्रम्प फ्लोरिडाबाट न्यूयोर्क पुगेर बास बसेका छन् । त्यहाँबाट उनी अदालत जानेछन् ।

प्रहरीले ट्रम्प टावरलाई चारैतिरबाट घेरा हालेको छ । साथै ट्रम्प उपस्थित हुन लागेको अदालत वरपरका सडक पनि बन्द गराएर सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

सामाजिक सन्जालहरुमा पनि कडा निगरानी गरिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

न्यूयोर्क प्रहरीले सुरक्षालाई मध्यनजर गर्दै आवश्यक प्रबन्ध मिलाएको भन्दै कुनै किसिमको खतरा नभएको जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार