काठमाडौं। एसियाली विकास बैंक (एडीबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
आज सार्वजनिक एसियन डेभलपमेण्ट आउटलुकमार्फत एडीबीले २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको हो । एडीबीले आउँदो वर्ष भने ५ प्रतिशत अर्थिक वृद्धिदर हुने अनुमान गरेको छ ।
सन् २०२२ मा ५.८ प्रतिशत रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा ४.१ र सन् २०२४ मा ५ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ । पछिल्लो समय बजार सुस्त रहेका कारण आर्थिक क्रियाकलाप खुम्चेको एडीबीले जनाएको छ ।
राष्ट्र बैंकले कसिलो मौद्रिक नीति सार्वजनिक गरेसँगै नेपालको खुद गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर सुस्त गतिमा भएको र अर्थतन्त्रमा आन्तरिक मागमा कमी आएको एडीबीले जनाएको छ ।
यस्तै, एडीबीले नेपालमा पछिल्लो समय बढ्दै गरेको आन्तरिक बाह्य ऋण समेत चिन्ताजक भएको टिप्पणी पनि गरेको छ ।