शुक्रवार, आश्विन १६ गते २०८३
महत- आर्नाउड भेट

नेपालमा दातृनिकायको सहयोग समयमै खर्च नभएकोमा एडीबीको चिन्ता

बुधवार , चैत्र २२, २०७९

काठमाडौं। एसीयाली विकास बैंक एडीबीले नेपालमा दातृनिकायको सहयोग समयमै खर्च नभएकोमा चिन्ता ब्यक्त गरेको छ ।

बुधबार बिहान अर्थमन्त्री डा. प्रकाशशरण महत र बैंकका नेपाल निर्देशक आर्नाउड कुस्वाबीचको भेटमा  नेपालको वर्तमान अर्थतन्त्रबारे छलफल भएको थियो ।

त्यसक्रममा कुस्वाले दातृ निकायबाट प्राप्त सहयोग समयमा खर्च हुन नसकेको बारे उहाँहरुले चिन्ता व्यक्त गरेको महतले बताए। विकास निर्माण कार्यमा ढिला सुस्ती भएर ठेक्का प्रक्रियाका कामहरु अगाडि बढ्न नसकेकोमा पनि दातृ निकाय चिन्तित देखिएका छन् ।

यदि काम छिटो हुने हो भने अझ धेरै सहयोग उपलब्ध गराउन दातृ निकाय तयार रहेको डा. महतले बताउनुभयो विश्व बैंकका प्रतिनिधिले पनि अनुदान र सफ्ट लोन दिएर सहयोग गर्न चाहेको उनले बताए ।

जलविद्युत र सडक निर्माणमा सहयोग गर्ने विषयमा छलफल भएको थियो । दातृ निकायसँग चरणबद्ध छलफल चलिरहेको र त्यसको एउटा सिलसिला आजको भेटघाट भएको हो ।

खर्च गर्ने क्षमतालाई वृद्धि गर्ने र अनुदान रकम वृद्धि र सफ्ट लोन लिनेबारे नेपाल सरकार सचेत रहेको अर्थमन्त्री डा. महतले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार