शुक्रवार, आश्विन १६ गते २०८३

झिनो अंकले घट्यो नेप्से

बिहिवार , चैत्र २३, २०७९

साताको अन्तिम कारोबारका दिन सेयर बजार परिसूचक नेप्से झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ८.२८ अंकले घटेसंगै १ हजार ८६६.७९ विन्दुमा कायम भएको छ ।

अघिल्लो दिन बुधबार ८.३९ अंकले बढेको बजारमा आज २८ लाख ७० हजार ८१९ कित्ता शेयर खरिद बिक्री हुँदा ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा कालिन्चोक दर्शन, सिटिजन म्युचअल फण्ड २, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र नदिप लघुवित्त वित्तीय संस्था रहेका छन् ।

सर्वाधिक गुमाउनेमा सम्लिङ पावर कम्पनी, खप्तड लघुवित्त वित्तीय संस्था, सानिमा ग्रोथ फण्ड र आदर्श लघुवित्त वित्तीय संस्था रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार