काठमाडौं । हेरिटेज ग्रूपले ‘हेरिटेज टी’ उद्योग संचालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा शीप विकास समितिका सभापति एवं हेरिटेज ग्रूपका कार्यकारी अध्यक्ष हेमराज ढकालले उक्त उद्योग संचालनमा ल्याएका हुन् ।
लामो समयदेखि चिया बगान संचालन गर्दै आएका ढकालले बुधबार चिया उद्योगको सुरुवात गरे । यस अघि ढकालले झापामा १५० विगाहामा चिया बगान संचालन गर्दै आएका थिए ।
उनले अब आफ्नै कम्पनीको ब्राण्डबाट विश्व बजारमा गुणस्तरीय चिया निर्यात गर्ने लक्ष्य अनुरुप उद्योग संचालनमा ल्याइएको ग्रूपका कार्यकारी अध्यक्ष ढकालले जानकारी दिए ।
‘यस अघि हामीले आफ्नो बगानको चियाको पत्ता अरुलाई बिक्री गर्दै आएका थियौं,’ उनले भने, ‘विश्व बजारमा नेपालको गुणस्तरीय चियाँ निर्यात गर्नेै लक्ष्य सहित आजदेखि हेरिटेज ग्रूपले आफ्नै चिया उद्योग संचालनमा ल्याएको छ ।’ उनले भने ।
ढकालका अनुसार उक्त उद्योगबाट तत्कालका लागि सिटिसी चिया मात्रै उत्पादन हुनेछ । तर केही समयभित्रै अर्थोडक्स टि समेत उत्पाद गरी निर्यात गरिने उनले जानकारी दिए । उक्त उद्योगबाट उत्पादित चियाँ तत्कालका लागि भारत, रसिया र खाडि मुलुकहरुमा निर्यात गरिने भएको छ ।
निकट भविश्यमै उक्त चिया युरोपेली बजारमा समेत निर्यात गरिने लक्ष छ । हेरिटेज ग्रूपले आफैले चिया उद्योग संचालनमा ल्याएसँगै उद्योगका लागि आवश्यक कच्चा पदार्थ जुटाउन थप १५० विगाहमा रहेको अन्य चिया बगानहरुसँग पनि सहकार्य र साझेदारी गरेको छ ।
साथै उक्त चियालाई हेरिटेजको नाममा प्याकेजिङ र ब्राण्डिङ गरिने छ । सुरुवाती चरणमा कम्पनीबाट बार्षिक १० लाख किलोग्राम चिया उत्पादन हुने छ । निकट भनिश्यमै उत्पादन क्षमता बढाईने समेत ढकालले जानकारी दिएका छन् ।
नेपाली व्यवसायीक क्षेत्रमा सफल मानिएका ढकालले यस अघि हेरिटेज ग्रुप अन्तरगत कार्पेट, स्प्रिङ म्यार्टेस, क्वेयर म्यार्टेस, इपीई फर्म, नन ओभन कार्पेट उत्पादन गर्दै आएका छन् ।
साथै उनको ग्रूपले हेरिटेज ट्रेडिङमार्फत बजारमा फर्निचरका सामग्रीको समेत बिक्री विवतरण गर्दै आएको छ । सामाजिक कार्यमा समेत सक्रिय ढकालले नेपालमा फैलिएको कोरोना भाईरस रोकथाम तथा न्यूनिकरणको लागि महासंघ अन्तरगतको स्वास्थ्य समितिको सभापतिको रुपमा ठूलो योगदान दिएका थिए ।