शुक्रवार, आश्विन १६ गते २०८३

तातोपानी नाका आजवाट बैशाख २ सम्म बन्द रहने

मंगलवार , चैत्र २८, २०७९

काठमाडौं । पुर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । 

नेपालस्थित चिनियाँदूतावासका अनुुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पुर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखी बैशाख २ गतेसम्म बन्द हुने भएको हो ।  

‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिदैँ भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’ 

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखी देखि बैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार