शुक्रवार, आश्विन १६ गते २०८३

वित्तिय क्षेत्र सुरक्षितः आर्थिक संकटमोचका लागि रोडम्याप बनाउन निजी क्षेत्रको अपील

मंगलवार , चैत्र २८, २०७९

काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले निन्द्रै नलाग्ने अवस्थामा पुगेको अर्थतन्त्रमा सुधार हुँदै गएको बताएका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा  गभर्नर अधिकारीले गत वर्ष निन्द्रा नलाग्ने गरि बिग्रिएको अर्थतन्त्र सुधार भएको बताएका हुन्।

सुध्रिएको अर्थतन्त्रले भोलिलाई आधारशिला खडा गरेको बताउदै अधिकारीले अहिले चाहिने बेलामा औषधि, खाद्यान्न, निर्माण समाग्री लगायत किन्न सक्ने अवस्थामा पुगेको र यो सुधारको संरक्षण गर्दै जानूपर्ने बताए। यद्यपी, तथ्यांकको अंकहरु सुधारिए पनि जनस्तरबाटै अनुभव हुने गरी भने सुधारिन नसकेको उहाँको स्वीकारोक्ति छ ।

गभर्नर अधिकारीले वित्तीय क्षेत्र सुरक्षित रहेको नि दावी गरे। वित्तीय संस्थामा पुँजी प्रयाप्तता ,बढ्दो रेमिटेन्स, अघिल्लो वर्षको तुलनामा चालु खर्च घाटा सुधारिनुलगायत कारणले वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका हुन्। 

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अर्थतन्त्रको संकट समाधानको लागि वृहत राष्ट्रिय विमर्श गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारणसभामा ढकालले सरकारसँग यस्तो प्रस्ताव राखेका हुन्। अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्नेमा ढकालको जोड छ ।

सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने उनको भनाई छ । मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको भन्दै सबै सरोकारहरूले समयमा नै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो नहुने ढकालले बताए। 

सानो अर्थतन्त्रको नेपालजस्तो मुलुकलाई छोटो समयमै लयमा फर्काउन सम्भव रहेको बताउँदै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्नेमा ढकालले प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

सबै तागत लगाउछौंः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सम्पूणर् तागत अब अर्थतन्त्रलाई गति दिनमा केन्द्रित रहने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा बोल्दै दाहालले आफूले सरकारको नेतृत्व गरेदेखि नै अर्थतन्त्र सुधारका लागि ध्यान दिएको बताएका हुन्।

तरलता, राजस्व र रेमिट्यान्समा सुधार ल्याउन सरकारले प्रयास गरेको बताउदै दाहालले ब्याजदर कम गर्नेबारे, राजस्व संकलन बढाउनेबारे सरकारका निकायहरुसँग घनिभूत छलफलमा रहेको बताएश्र विगतका तीन महिनामा अर्थतन्त्रका केही सूचकहरुमा सुधार आएको दाहालले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार