बुधवार, आश्विन १४ गते २०८३

म्यानमारमा सैन्य हवाई आक्रमणबाट ५० जनाको मृत्यु

मंगलवार , चैत्र २८, २०७९

काठमाडौं। म्यानमारमा सेनाको हवाई आक्रमणबाट ५० जना भन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा बालबालिकासहित कम्तीमा ५३ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा सैन्य कू विरोधीहरूको केन्द्र मानिएको सहर सागेंग क्षेत्रको एउटा गाउँलाई निशाना बनाइएको छ । मृत्यु हुनेहरू अधिकांश सर्वसाधरण नागरिक रहेका छन् ।

घटनास्थलमा उद्धार कार्य भइरहेको बेला पनि दोस्रो आक्रमणबाट तीन जना मारिएको बताइएको छ । स्थानीय तथा प्रत्यक्षदर्शीहरूले यस आक्रमणलाई सैन्य कू भए यताकै घातक आक्रमण भएको बताएका छन् ।

म्यानमारको सेनाले भने आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । म्यानमारमा सैन्य ‘कू’ का नेता मिन आङ ह्विङले गत महिना आफ्नो शासनविरुद्ध लडिरहेका ‘आतंकवादीहरू’ माथि निणर्ायक कारबाही गर्ने चेतावनी दिएका थिए। 

म्यानमारमा आङ सान सूचीको पार्टीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले २०२१ फेब्रुअरी १ मा कू गरेको थियो । त्यसयता भएका विभिन्न प्रदर्शनमा हजारौंको मृत्यु हुनुका साथै हजारौं मानिस घाइते र ठूलो संख्यामा पक्राउ परेका छन् । यसबीचमा दस लाखभन्दा धेरै मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार