आइतवार, श्रावण २४ गते २०८३

भाडा घटाएर पर्यटन प्रवर्द्धन गर्न आवश्यक

बिहिवार , श्रावण ७, २०७८

काठमाडौं। कोभिड–१९ बाट प्रभावित पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले विभिन्न देशका राजदूतहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ।

कोभिडका कारण थलिएको नेपाली पर्यटन उद्योगलाई उकास्न नयाँ रणनीति, उत्पादन र कार्यनीतिसँगै विभिन्न देशका दुतावासको सहयोग आवश्यक रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए।

कार्यक्रममा विभिन्न मुलुकका राजदूतहरुले यतिबेला कोभिडका कारण सबैतिर समस्या भएपनि त्यसपछिका लागि अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको बताए । बोर्डले मंगलवार भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका लगायत देशका राजदूत तथा राजदूतावासका अन्य अधिकारीहरुसँग भर्चुअल अन्तरक्रिया गरेको थियो। 

राजदूतहरुले नेपालको हवाई भाडा अति महँगो भएकाले पर्यटक आगमनमा समस्या पर्ने गरेकाले त्यसलाई समायोजन गर्न आवश्यक रहेको बताएका छन्। कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले नेपालका लागि बंगलादेश ठूलो बजार रहेपनि नेपालको पर्यटन प्रवर्द्धन हुने कामहरु हुन नसकेको बताए। 

यसैगरी, पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीको विचारमा नेपालले सीमा पर्यटनलाई जोड दिन आवश्यक रहेको छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार