आइतवार, श्रावण २४ गते २०८३

सगरमाथामा हिमपहिराेमा परी तीन जना बेपत्ता, खोजी हुँदै

बुधवार , चैत्र २९, २०७९

काठमाडौं। सगरमाथामा गएका तीन जना आरोही बेपत्ता भएका छन् । आज बिहान ९ः३० बाट हिमपहिराेमा परी हराएको ती आरोहीको खोजी कार्य भइरहेको पर्यटन विभागले जनाएको छ ।

विभागका पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा नामका आरोही हराएको जानकारी दिएका छन् ।

हराएका आरोहीको उद्धारका लागि स्थलमार्गबाट पनि खोजी कार्य जारी राखिएको खतिवडाले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार