बुधवार, आश्विन १४ गते २०८३

सुडानमा सेना र अर्धसैनिक समूह बीचको तनाव चर्किदै, राष्ट्रपति भवनसहित तीन वटा विमानस्थल नियन्त्रणमा लिएको दाबी

शनिवार , बैशाख २, २०८०

सुडानमा सेना र अर्धसैनिक समूहर्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीचको तनाव थप चर्किदै गएको छ । आरएसएफले आज राष्ट्रपतिको निवास, सेना प्रमुखको निवास र खार्तूमसहित तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको बताएको छ।

झडपका कारण केही सर्वसाधारण घाइते भएका छन् भने सहरका विभिन्न ठाउँबाट धुवाँको मुस्लो फैलिएको थियो । क्षतिको थप विवरण भने आउँन बाँकि छ ।

यस्तै, सेना र शक्तिशाली अर्धसैनिक समूहबीच केही दिनदेखि जारी तनावकाक्रममा आज सुडानको राजधानी खार्तुममा भीषण गोली चलेको र विस्फोटको आवाज सुनिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रत्यक्षदर्शीहरूले दक्षिण खार्तुममा आरएसएफले राखेको आधार शिविर नजिकै ‘टकराव’, विस्फोट र गोलाबारी भएको बताएका छन् ।

यता, सुडानको जनरल इन्टेलिजेन्स सर्भिसले भने राष्ट्रपतिको निवास कब्जा गरिएको अस्वीकार गरेको छ । सेनाले पनि आरएसएफका अन्य दावीहरू असत्य भएको बताएको छ । यद्यपी, सेनाले मुख्यालय र मध्य खार्तूममा रहेको रक्षा मन्त्रालयका साथै राष्ट्रपतिको निवास र विमानस्थल नजिकै गोलीबारी र विस्फोट भएको भने जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार