बुधवार, आश्विन १४ गते २०८३

खलिस्तानी नेता अमृतपालसिंह भारतबाटै पक्राउ

आइतवार , बैशाख १०, २०८०

नयाँ दिल्ली। खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाव प्रहरीले पक्राउ गरेको छ । मोगा पुलिसले रोडेवाल गुरुद्धारवाट अमृतपालमा गिरफतार गरेको हो । 

पञ्जाब प्रहरीले टविट गरेर यसको जानकारी दिएको हो । सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो । 

पक्राउ परेका उनलाई अमृतसर हुदैँ असमको डिब्रुगढ जेलमा पठाइएको छ ।

'अमृत पाल सिंह पञ्जाबको मागवाट गिरफतारमा परेका छन्, यसका साथै पञ्जाव पुलिस यो अपिल गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाईयोस्’ पञ्जाब प्रहरीले भनेकाे छ । 

भारतीय सुरक्षा अधिकारीले नेपालमा लुकेर बसेको जनाउँदै सिमा क्षेत्रमा खानतलासी बढाए पनि उनी भने पञ्जाबमा नै पक्राउ परेका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार