शुक्रवार, आश्विन १६ गते २०८३

अर्थमन्त्रालयका सचिव फेरिए: तोयाम रायाकाे ठाउँमा अर्जुनप्रसाद पोखरेलकाे इन्ट्री

बुधवार , बैशाख २०, २०८०

काठमाडौं।  सरकारले अर्थ मन्त्रालयमा सचिव परिवर्तन गरेको छ । बजेट आउन एक महिनाभन्दा कम समय रहेका बेला अर्थमन्त्री प्रकाशशरण महतको आग्रहमा नयाँ अर्थसचिव ल्याएका हुन् । 

तोयाम रायाकाे ठाउँमा अर्जुनप्रसाद पोखरेलकाे अर्थसचिवका रुपमा इन्ट्री भएकाे हाे।

चार महिनाअघि विष्णु पौडेल अर्थमन्त्री हुँदा अर्थसचिवमा तोयम रायालाई ल्याउएका थिए। पौडेलले वाणिज्य सचिव भएका रायालाई अर्थ सचिवको जिम्मेवारी दिएपनि एमाले सरकारबाट बाहिरिएपछि माओवादीको नेतृत्वमा कांग्रेससहितको गठबन्धन सरकार बनेको थियो ।

आगामी १५ जेठमा संसदमा पेश हुने बजेट निर्माणको नेतृत्व अब अर्थ सचिवका रुपमा पोखरेलले गर्नेछन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार