शुक्रवार, आश्विन १६ गते २०८३
आईएमएफ रिपाेर्ट

नेपालमा बढ्दै जलवायु परिवर्तनको असर, खाद्य असुरक्षाले एकतिहाइ प्रभावित

शुक्रवार , बैशाख २२, २०८०

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालमा खाद्य असुरक्षा र जलवायु परिवर्तनको असर बढ्दै गएको जनाएको छ ।

आईएमएफले सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा गरिबी र खाद्य सुरक्षालाई रेमिट्यान्सले केही हदसम्म भरथेग गरेको तथा जलवायु परिवर्तनको असर व्यवस्थापनमा उल्लेख्य प्रगति हुन नसकेको उल्लेख गरेको छ । खाद्य असुरक्षाबाट नेपालको एकतिहाइ जनसङ्ख्या प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

विश्व खाद्य कार्यक्रमलाई उद्धृत गर्दै आईएमएफले नेपालको १८ प्रतिशत जनसङ्ख्याले पर्याप्त पोषणयुक्त खाना नपाएकोसमेत उल्लेख गरेको छ । खाद्य असुरक्षाको असर औसत आयु, बालबालिकाको शारीरिक तथा वौद्धिक विकास, पूँजी निर्माणलगायत क्षेत्रमा देखिन्छ ।

नेपालले भारत, मलेसिया तथा खाडी मुलुकबाट रेमिट्यान्स प्राप्त गरेर अर्थतन्त्र धानिरहँदा अवस्थामा ती देशका मजदुर कानून, अध्यागमन कानून तथा विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको असर पनि यसमा देखिएको आईएमएफले जनाएको छ ।

विदेशबाट रेमिट्यान्स पाउने परिवारमा तथ्याङ्क हेर्दा सन् २०२२ अक्टोबरसम्ममा करिब २८ प्रतिशत परिवारले न्यून रेमिट्यान्स पाइरहेको आईएमएफ कन्ट्री रिपोर्टमा उल्लेख छ । त्यस्तै जलवायु परिवर्तनका असरले नेपालको आर्थिक विकासमा असर पारिरहेको आईएमएफले जनाएको छ ।

पछिल्लो एक दशक अवधिमा नेपालमा ०.६ डिग्रीले तापक्रम बढेकाले मौसम पूर्वानुमान कठिनाइ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार