बुधवार, आश्विन १४ गते २०८३

बेलायती राजा चार्ल्सको राज्यभिषेक आज, बिश्वभरीका बिशिष्ट पाहुना बेलायतमा

शनिवार , बैशाख २३, २०८०

लन्डन । बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक हुदैँछ  ।

लन्डनको वेस्टमिन्स्टर एबीमा बिशेष समारोहका बिचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाइ राजमुकुट पहिराइने छ ।

सो बिशेष समारोहमा सहभागिताका लागि विश्वभरीवाट दुईहजार भन्दा बढी अति बिशिष्ट पाहुनाहरु बेलायत आईपुगेका छन् । यसरी आउने पाहुनाहरुमा बिभिन्न देशका राजा तथा राजपरिवारका सदस्यहरु, विश्वभरीका बिभिन्न मुलुकका राजनेताहरु, राष्ट्रपति, प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरु सो समारोहमा सहभागी हुदैँछन् ।

आज हुने बिशेष समारोहमा राजा चार्ल्स तथा रानी क्वीन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्‍याइने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार २.२३ किलो ग्राम तौल भएको सुन र हीरा जवाहरातजडित राजमुकुटले राजा चार्ल्सको शिरमा शुशोभित गरिनेछ । 

सो राजमुकुट यस अघि सन् १९५३ मा महारानी एलिजाबेथको शिरमा सजाईएको थियो । बेलायतको इतिहासमै सबैभन्दा बढी शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गत सेप्टेम्बरमा निधन भएको थियो । 

महारानी एलिजाबेथको निधन भए पछि उनका ७३ बर्षीया छोरा चार्ल्स बेलायतको राजा बनेका हुन । उनको आज हुन गईरहेको राज्यभिषेक समारोह भने झन्डै तीन घन्टा चल्ने जनाईएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार