काठमाडाैं। सरकारले आगामी आर्थिक बर्ष २०८०/८१ को बजेटका प्रथमिकता र सिद्धान्तसम्बन्धि प्रस्ताव संसदमा प्रस्तुत गरेको छ।
आईतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्नेगरि ल्याइएको बताए।
रोजगारी श्रृजना, सुशासन प्रर्बधन, सेवा प्रवाहमा सुधार तथा श्रोतको परिचलानमा प्रभावकारीता कायम गर्नेतर्फ लक्षित रहेको बताए।,
आगामी बजेटले निजी क्षेत्रलाई आर्थिक विकासको संवाहक मान्ने र नीतिगत स्थिति, व्यवसायमैत्री नीतिको व्यवस्था गरिने मन्त्री महतको भनाई छ ।
त्यस्तै गैरआवासीयको लगानी परिचालन र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा आउन अवसर दिइने बताइएको छ ।
विदेशी विनिमय सञ्चिती, पर्यटन आगमन, बैकिङ क्षेत्रको केही सुचक सुधार भएको मन्त्री महतले भनेका छन् । यसबीचमा सरकारी वित्तको पुर्नसंसचना गरी अर्थतन्त्रलाइ लयमा फर्काउँने गरी बजेट ल्याइने बताइएको छ ।
किसानको आयआर्जनमा सहयोग पुग्ने कार्यक्रम, आत्म निर्भरताउन्मुख बनाइने, रासायनिक मलको सहज उपलब्धता, भरपर्दो सिँचाइ योजना लागू गर्ने गरी बजेट ल्याइने, अनुदान प्रणालीलाई प्रभावकारी बनाइने, खाद्य सुरक्षा प्रत्याभुतका कार्यक्रम चलाइने उनले बताए ।
महतले स्टार्टअपलाई प्रोत्साहन गरिनुका साथै लघु घरेलु तथा साना उद्यम सञ्चालनका लागि कार्यक्रम सञ्चालन जनाए ।
निर्यात बढाउन नगद अनुदानको व्यवस्था गरिने, धनी र गरीबबीचको खाडल घटाइने गरी बजेट ल्याइने मन्त्री महतले बताए ।
वैदेशिक रोजगारी सुरक्षित र मर्यादिन बनाइने, वित्तीय क्षेत्रलाई स्वच्छ बनाइनुका साथै लघुवित्त र बीमाको पारदर्शिता र जवाफदेहिता बनाइने, सहकारीको नियमन प्रभावकारी बनाइने, सार्वजनिक प्रशासनको क्षमता अभिवृद्धि गरिने विषयलाई बजेटमा समेटिने महतले बताए ।
उत्पादनशील र परिणाममुखी आयोजनामा मात्र बजेट बिनियोजन गरिने मन्त्री महतले संसदलाई जानकारी दिएका छन् । साधारण खर्चमा मितव्ययिता कायम गर्ने र वैदेशिक ऋणलाई उच्च प्रतिफल दिने क्षेत्रमा लगाइने मन्त्री महतले बताएका छन्।