आइतवार, श्रावण २४ गते २०८३

कोरोना मुक्त भए महानायक बच्चन !!

मंगलवार , जेठ २५, २०७८

१२ दिनदेखि मुम्बईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका अमिताभ बच्चनको स्वाब परीक्षण नेगेटिभ आएको छ । यद्यपि, उनी अझैं एक–दुई दिन अस्पतालमै डाक्टरको निगरानीमा रहनुपर्ने भारतीय सञ्चार माध्यमले बताएका छन् ।

अस्पतालसँग जोडिएको स्रोतले यसबारे जानकारी दिएको बुझिएको छ । अमिताभका छोरा अभिषेक बच्चनको सबै रिपोर्ट नेगेटिभ आएको छ । उनलाई बिहिबार बेलुकीसम्म डिस्चार्ज गरिने सम्भावना छ ।

बुधबार पुनः गरियो कोभिड परीक्षणः

७७ वर्षका अमिताभ र उनका ४४ वर्षीय छोरा अभिषेक बाहेक ४६ वर्षकी ऐश्वर्या राय र ८ वर्षकी आराध्या पनि कोरोना पोजेटिभ पाइएका थिए । उनीहरुको नानावटी अस्पतालमा उपचार चलिरहेको छ । बुधबार चारैजनाको कोभिड परीक्षण गरिएको थियो ।

अहिलेसम्म ऐश्वर्या र आराध्याको रिपोर्ट आइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार