काठमाडौं । कोरोना महामारीकै बीच जापानको राजधानी टोकियोमा ३२ औं ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिता सुरु भएको छ ।
जापानी राष्ट्रिय गान र सांस्कृतिक नाचगानसहित सुरु भएको उद्घाटन समारोहमा रंगशाला वरपर आतसबाजी पनि प्रस्तुत गरिएको छ ।
ओलम्पिकमा ३३ खेलका ३३८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । जासका लागी संसारका ११ हजार खेलाडी टोकियोमा भेला भएका छन् । ओलम्पिकमा नेपालबाट चार खेलमा पाँच जना सहभागि छन् ।
पौडिकी गौरिका सिंहले दोस्रोपटक ओलम्पिक खेल्दैछिन् । गौरिकासहित पौडिकै एलेक्स शाह, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पनि छिन् ।