बुधवार, आश्विन १४ गते २०८३

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान अदालतबाटै पक्राउ

मंगलवार , बैशाख २६, २०८०

काठमाडौं। पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आज उच्च अदालत बाहिरबाट प्यारामिलिटरी फोर्सले उनलाई पक्राउ गरेको हो ।

उनलाई त्यहाँको प्यारामिलिटरी फोर्सले भ्रष्टाचार मुद्दामा पक्राउ गरेको रोयटर्सले उल्लेख गरेको छ ।

इस्लामावादको हाइ कोर्टमा उनीविरुद्धकाे भ्रष्टाचार मुद्दाकाे सुनुवाइमा उपस्थित हुने क्रममा अदालतकाे गेटबाट खानलाई अचानक उक्त फोर्सले पक्राउ गरेको प्रत्यक्षदर्शीले जनाएको रोयटर्सले लेखेको छ ।

इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘ पक्राउ पर्नु सामान्य हो।’

खानले भने आफूमाथिको भ्रष्टाचार आरोपलाई राजनीतिक रुपमा प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका थिए ।

गतवर्ष अप्रील प्रधानमन्त्रीको रुपमा विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएका खान आगामी निर्वाचनका क्याम्पेनमा अघि बढिरहेका थिए ।

खान २ वटा मुद्दामा जमानतका लागि उच्च अदालत पुगेका थिए । हालै इमरानले इन्टेलिजेन्सका शीर्ष अधिकारीहरूलाई वजिरावादमा उनको हत्या गर्ने षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

पाकिस्तानी सेनाले यी आरोपको खण्डन गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार