शुक्रवार, आश्विन १६ गते २०८३

प्रतिनिधिसभामा प्रि बजेट छलफल सकियो, अर्थमन्त्री भन्छन्ः अर्थतन्त्र धराशयी भएको छैन

बुधवार , बैशाख २७, २०८०

काठमाडौं। प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक बर्षको विनियोजनक विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ ।

तीनदिनदेखि जारी छलफल सकिएपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जवाफ दिएका छन्। बजेट निर्माणको लागि सांसदले दिएको सुझावलाई समेटिने अर्थमन्त्री महतले प्रतिबद्धता जनाए।  मन्त्री महतले अर्थतन्त्र धराशयी नभएको दाबी गरे। अर्थतन्त्रमा तीव्र बृद्धि हुनुपर्नेमा विस्तारै भईरहेको स्वीकार्दै उहाँले आर्थिक बृद्धिको भने स्वभाविक रुपमा कम भएको स्वीकार गरे।

त्यसअघि छलफलमा भाग लिँदै सांसदहरुले बजेटबारे सरकारलाई विभिन्न सुझाव दिएका थिए । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउन माग गरे। प्रदेशमा मन्त्रालयको संख्या ७ वटा कायम गर्नुपर्ने उनको माग छ । 

पूर्वअर्थमन्त्री एवं नेकपा माओवादीका सांसद जनार्दन शर्माले अर्थतन्त्रको संकुचनलाई देखाएर बजेट घटाउन नहुने बताए। वर्तमान अवस्थामा देखिएका अर्थतन्त्र संकुचन तथा निकट भविष्यमा आउने वित्तीय क्षेत्रको चुनौतिलाई गम्भिर भएर सरकारले सोच्नुपर्नेमा जोड दिए।

अर्थतन्त्रलाई संकुचनबाट वृद्धितर्फ लैजान सरकारी खर्च बढाउन बाहेक अन्य कुनैपनि रणनीति हुन नसक्ने उनको तर्क छ । 

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विनियोजन विधेयकका सिद्धान्त झ्याउँकिरीको जिवनकथा जस्तो भएको तर्क गरे। बजेट बनाउँदा बिज्ञको सुझाव अनुसार बनाउनुपर्नेमा उनको जोड छ ।

उनले बजारमा ५ सयदेखि एक हजारमा किन्न पाइने डिग्रीको थेसिसजस्तो सिद्धान्तले कुनै उपलब्धी नदिने जिकिर गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार