आइतवार, श्रावण २४ गते २०८३

सुशन सांसोहाङको अवाजमा ‘घर कता हो’ सार्वजनिक (भिडियाे सहित)

शुक्रवार , बैशाख २९, २०८०

काठमाडौं। गायक सुशन सांसोहाङ लिम्बुको पूर्वेली गीत ‘घर कता हो’ सर्वजनिक भएको छ । सुशन सांसोहाङकै युट्यूब च्यानलमार्फत सार्वजनिक भएको गीतमा लिम्बु र नव गायिका सविना योङ्हाङको आवाज रहेको छ । 

शशि गुरुङको लय श्रृजना तथा तथा अर्जुन भट्टराईको शब्दमा रशेको भिडियोमा कमल राईले नृत्य निर्देशन र शिव ढकाल छायांकन गरेका छन् ।
 
करिब दुई दशकदेखि नेपाली गीतसंगीत क्षेत्र निरन्तर सक्रिय रहँदै आएका सुसनले यो म्युजिक भिडियो करिब ५ वर्षपछि बजारमा ल्याएका हुन् । 

‘सोल्टिनी’ र ‘प्रदेशी आएन’ जस्ता गीतबाट दर्शक तथा श्रोतामाझ लोकप्रिय रहेका गायक सुसन आफ्नो यो पछिल्लो गीतबाट पनि दर्शक र स्रोताको माया पाउने आशावादी छन् ।

सुसनका ‘आएन प्रदेशी’, ‘पन’ ‘उजेली’, ‘सोल्टिनी’ र ‘माराम’ (लिम्बूभाषा) जस्ता पाँच वटा सोलो एल्बम बजारमा छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार