बुधवार, आश्विन १४ गते २०८३

भ्रष्टाचारमा दोषी फ्रान्सका पूर्वराष्ट्रपति निकोसललाई तीन वर्ष जेल सजाय

बिहिवार , जेठ ४, २०८०

भ्रष्टाचारमा मुद्दामा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ।

फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निणर्यलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो। हतकडीसहित उनलाई  अब एक वर्ष निजकै घरमा राखिनेछ भने सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ।

पूर्वराष्ट्रपति सार्कोजीले आफूविरुद्धको मुद्दालाई आफ्नो पक्षमा पार्न न्यायाधीश तथा आफूमाथि लागेको भ्रष्टाचार अभियोगलाई कमजोर पार्न दबाब र प्रभावको हतियार प्रयोग गरेका थिए।

पुनरावेदन अदालतको आदेश सुनेर बिना कुनै टिप्पणी ६८ वर्षीय सार्कोजी न्यायालयबाट बाहिरिएका थिए। उनका वकिलहरूले पुनरावेदन अदालतको निणर्यविरुद्ध सर्वोच्च अदालतमा अपील गरिने बताएका छन्।

सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका सार्कोजी पदबाट बाहिरिने बित्तिकै कानुनी झमेलामा फसेका थिए।

मार्च २०२१ मा उनी र उनका वकिल थियरी हर्जोगले भ्रष्टाचारलगायत कानुनी अनुसन्धानबारे जानकारी प्राप्त गर्न न्यायाधीश गिल्बर्ट अजिबर्टसँग सम्झौताको प्रयास गरेपछि उनको भ्रष्ट नियत छताछुल्ल भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार