आइतवार, श्रावण २४ गते २०८३

बहुपति प्रथामा आधारित चलचित्र 'टुल्की’ जेठ १२ गतेबाट देशभर प्रदर्शनमा

बिहिवार , जेठ ४, २०८०

काठमाडौं। चलचित्र ‘टुल्की’ यहि  जेठ १२ गतेबाट देशभर प्रदर्शनमा आउदैछ। 

नेपाल ग्रामीण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको चलचित्र ‘टुल्की’ हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र हाे। यसकाे छायांकन डोल्पामा गरिएको छ।

टुल्कीको निर्देशन देवजङ्ग थापा र छायाँङ्कन सुशील अधिकारी र नमराज घिमिरेले गरेका छन् । चलचित्र टुल्की’ ‘द पाल्म ग्रुप प्राली’को ब्यानरमा निर्माण गरिएको छ।

शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा रहेका छन्। सो चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई त्रिनेत्रम डिस्ट्रिब्युसन कम्पनीले वितरण गर्ने चलचित्रमा तारा थापा किम्भेको सम्पादन, पार्श्व संगीत सञ्जीव सुब्बा तथा कोरियोग्राफी लिगेश भट्टराइ र रमेश बुढाथोकीको रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार