शुक्रवार, आश्विन १६ गते २०८३

खेर जाने बिजुली उद्योगले सहुलियत दरमा पाउने

शुक्रवार , जेठ ५, २०८०

काठमाडौं। सरकारले स्पील (खेरजाने) बिजुली सस्तो दरमा उद्योगहरुलाई दिने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

‘आन्तरिक खपत र निर्यातबाट बचेको बिजुली सहुलियत दरमा उद्योगहरूलाई उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘यस्तो बिजुलीले उद्योगहरूलाई प्रतिस्पर्धी क्षमतामा उत्पादन गर्न मद्दत पुग्नेछ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार