शुक्रवार, आश्विन १६ गते २०८३
नीति तथा कार्यक्रम

बैंक खाता, सवारी लाइसेन्स, लालपुर्जा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य

शुक्रवार , जेठ ५, २०८०

काठमाडौं। सरकारले राष्ट्रिय परिचय पत्र लिन थप कसिलो व्यवस्था घोषण गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रममा बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिंदा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर चाहिने व्यवस्था गरेको हो ।

यो कार्य आगामी तीन वर्ष भित्र लागु हुने नीति तथा कार्यक्रममा भनिएको छ । नागरिकको जैविक विवरण एक पटक मात्रै लिने पनि सरकारले बताएको छ ।

यस्तै सरकारले एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरेको छ।

गत चैतसम्मको तथ्यांकअनुसार हालसम्म एक करोड १० लाख बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन्।विभागबाट १० लाख २५ हजार बढी राष्ट्रिय परिचयपत्रको छपाइ काम सकिएको छ।

त्यसमध्ये जम्मा एक लाख २५ हजारले मात्रै राष्ट्रिय परिचयपत्र पाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार