मंगलवार, आश्विन १३ गते २०८३

पार्टीमा फर्किन माधव पक्षलाई ओलीको आग्रह 

आइतवार , श्रावण १०, २०७८

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई भ्रमबाट मुक्त भएर पार्टीमा फर्किन आग्रह गरेका छन् । पार्टी बिकाउ मालको झुण्ड नभएकाले पार्टी ध्वस्त बनाउन स्वार्थको खेलबाट बाहिर निस्किन उनले आग्रह गरेका हुन् ।

नेता नेपालतर्फ इंगित गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीहरूसँग मिलेर आफ्नै पार्टीका व्यक्तिले साँठगाँठ गरेर सरकार ढलाएको आरोप लगाए । अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले  आफ्ना पार्टी फुटाएर अर्को पार्टीलाई सजिलो बनाइदिएको आफू र पार्टीले देखिएरहेको बताए । यद्यपि, अब पार्टीका नेतालाई गल्ती नगर्न र  गल्ती गरे पार्टीले कारबाही गर्ने उनको भनाइ छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार