बिहिवार, आश्विन १५ गते २०८३

१३ औं संस्करणको साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

आइतवार , श्रावण १०, २०७८

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १३औं संस्करणको साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव गरेको छ । यसअघि नेपालले १३ औं संस्करणको साफ आयोजना गर्ने दाबी गरेको थियो ।

बंगलादेशले आन्तरिक कारण देखाएर प्रतियोगिता नगर्ने भनेपछि अरूले आयोजना गर्ने बाटो खुलेको हो । नेपालसँगै भारत, श्रीलंका र माल्दिभ्सले पनि प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएका थिए ।

यसका लागि पछिल्लो शुक्रबार मात्रै नेपालले महासंघसामु प्रतियोगिता आयोजनालाई लिएर आफ्नो कार्यक्रम प्रस्तुत गरेको थियो । महासंघको प्रस्ताव अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरलाई प्राप्त भएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार