शुक्रवार, आश्विन १६ गते २०८३

सुनको मूल्यमा नयाँ रेकर्ड: प्रतितोला १ लाख १२ हजार रुपैयाँ

बुधवार , जेठ १७, २०८०

काठमाण्डु- सुन मूल्यले बुधबार नयाँ रेकर्ड राखेको छ। तोलामा १ हजार ५०० रुपैयाँ बढेर सुन हालसम्मकै महङ्गो बनेको हो।

जसअनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ प्रतितोला कायम भएको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० मा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार