बिहिवार, आश्विन १५ गते २०८३

फिलिपिन्समा सैनिक सवार विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु

आइतवार , आषाढ २०, २०७८

एजेन्सी। फिलिपिन्समा हवाई सेनाको विमान दुर्घटनाग्रस्त भएको छ ।

८५ जना सैनिक सवार विमान आइतबार दक्षिण जोलो आइल्याण्डमा दुर्घटनामा परेको फिलिपिन्सका अधिकारीलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले जनाएको छ । कम्तीमा १७ जनाको मृत्यु भएको र संख्या बढ्न सक्ने उल्लेख छ ।

फिलिपिन्सको सेनाका प्रमुख जनरल सिरिलितो सोबेजानाका अनुसार अवतरणको क्रममा विमान धावनमार्ग भन्दा बाहिर जाँदा दुर्घटनामा परेको हो । पातिकुल बजारको बाङ्गकाल गाउँ नजिक विमान दुर्घटनामा परेको हो ।

दुर्घटनास्थलबाट ४० जनाको उद्धार गरिएको उनले बताएका छन् । उद्धारका लागि आफूहरुको तर्फबाट सक्दो उच्चस्तरको प्रयास भएको बताएँदै जनरल सिरिलितोले आगो नियन्त्रणमा लिएर उद्धारको काम भएको जनाए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार