बुधवार, आश्विन २१ गते २०८३

मुराल नक्सा विवादमा भारत भन्छः नेपाल र बंगलादेशले कुरा बुझे, अब विवाद गर्दैनन्

बिहिवार , जेठ २५, २०८०

काठमाडाैं। भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालका क्षेत्रहरुसमेत परेपछि तीव आलोचना भईरहेको छ । यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश भएका कारण नेपालमा आलोचना भएको हो । 

सो बिषयमा बंगलादेश, पाकिस्तान र अफगानिस्तासम्मका भूगोल राखिएको छ । जसलाई लिएर नेपाल र बंगलादेशमा विरोध भइरहेको छ । बंगलादेश र पाकिस्तानले औपचारिक रुपमा भारतसंग जवाफ मागेपनि नेपाल सरकारले भने यस विषयमा भारतसमक्ष कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालैको भारत भ्रमणमा ‘अखण्ड भारत’ को नक्सालाई उच्चस्तरीय छलफलको विषयवस्तु बनाएनन्। यद्यपी छलफल नै नभएको कुरा भने गलत भएको प्रधानमन्त्रीले दावी गर्नुभएको छ । 

भारतले मनोमानी रुपमा नक्सा सार्वजनिक गरेपछि नेपालले पनि ग्रेटर नेपालको नक्सा प्रचलनमा ल्याउनुपर्ने आवाज तीव्र बन्न थालेको छ । यहीबीचमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्। महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखिएको हो । शाह भने अहिले पत्नीको उपचारका लागि भारतको बैंगलौरमा छन्।

नेपालबारे के भन्छ भारत?
भारतले भने ‘अखण्ड भारत’को नक्सालाई लिएर अब नेपाल र बंगलादेशले विवाद नगर्ने दाबी गरेको छ । नरेन्द्र मोदीले देशको नेतृत्व गरेको नौ वर्ष पुगेको अवसरमा विदेश नीतिको प्रगतिबारे आज पत्रकारहरुसँग गरिएको विशेष ब्रिफिङका क्रममा विदेश मन्त्री एस जयशंकरले नक्सालाई लिएर नेपाल र बंगालादेशमा विभिन्न प्रतिक्रिया आइरहेको भन्दै यसबारेमा पत्रकारहरुले औपचारिक धारणा माग गरेका थिए ।

‘मित्र देशहरु नेपाल र बंगलादेशले अब विवाद गर्ने छैनन्। उक्त नक्साको मुनि अशोका इम्पायरका बेलाको विवरण लेखिएको छ। यो केवल सांस्कृतिक कुरा मात्रै हो। यसलाई राजनीतिक विषय बनाउनु जरुरी नै छैन’, उनले भने, ‘हाम्रा मित्र देशले यसबारेको कुरा बुझ्ने छन्। अझै यसमा केही प्रष्ट पार्नुपर्ने छ भने हामी बुझाउँछौँ।’ 

यो केवल सांस्कृतिक कुरा मात्रै भएकाले राजनीतिक विषय बनाउनु जरुरी नभएको बताए। उनले यस मामिलामा पाकिस्तानले कुरा नबुझ्ने समेत बताए। 

उनले यस मामिलामा पाकिस्तानले कुरा नबुझ्ने बताए। ‘पाकिस्तानले त हाम्रो कुरा बुझ्दैन तपाईंहरुलाई थाहा नै छ’, उनले भने, ‘पाकिस्तान अक्युपाइड कश्मिरबारे हाम्रो धारणा पुरानै छ। त्यसमा हामी दायाँबायाँ हुँदैनौँ।’

सो ब्रिफिङका क्रममा पत्रकारहरुले नेपाल र बंगलादेशलाई मित्रराष्ट्र र पाकिस्तानलाई शत्रुराष्ट्रका रुपमा चित्रित गर्दै प्रश्न गरेका थिए ।

त्यसक्रममा ती पत्रकारले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट फर्किएपछि नेपालको संसद्मा यसबारे जवाफ दिएको पनि स्मरण गराएका थिए । त्यसपछि जयशंकरले यो नक्सा सम्राट अशोकको समयको सांस्कृतिक प्रतीक मात्रै भएको व्याख्या गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार