बुधवार, आश्विन २१ गते २०८३

२०८४ मा सबैखाले चुनाव जित्ने देखेपछि रास्वपाविरुद्ध घेराबन्दी भयोः रवि लामिछाने

शनिवार , जेठ २७, २०८०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरुले घेराबन्दी गरिरहेको बताए। उनले दलहरुको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने समेत बताए। 

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागकिरता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरुले पनि अकर्मण्यता देखाएको उहाँको ठहर छ। उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको बताए।

उनले वैवाहिक अंगीकृतका हकमा पनि यस नागकिरता विधेयकले बोलोस् भन्ने चाहे पनि संसदमा नलगिकन प्रमाणीकरण पठाउनुले सरकारको बाटो स्पष्ट भएको बताए।

आफ्नो पार्टीले नेपाली नागरिकले नागरिकता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरु सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार