बुधवार, आश्विन २१ गते २०८३

नेकपा ब्यूताउन माधव नेपालको प्रस्ताव

शनिवार , जेठ २७, २०८०

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी ब्यूँताउने प्रस्ताव गरेका छन्।

शनिबार एकीकृत समाजवादी भक्तपुरको पहिलो जिल्ला अधिवेशनमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा ब्यूँताउने प्रस्ताव गरे।

एकीकरण गर्ने हो भने आफ्नो र आफ्नो मान्छेको पदका बारेमा सोच्न नहुने बताउदै नेपालले नेकपा एमालेले ७० वर्षको उमेर हद हटाएकामा पनि कटाक्ष गरे।

अध्यक्ष नेपालले विप्लव समूह, जनता समाजवादी पार्टी लगायतका दलसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको समेत बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार