काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले बेजट कठिन परिस्थतिमा आएको भन्दै सबै समस्या एकै पटक नसल्टिने बताएका छन्।
सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिने क्रममा मन्त्री महतले कोभिडको प्रभाव, रुस-युक्रेनको युद्ध र आर्थिक मन्दीसम्मका समस्याका बीच आएको बजेटले समस्या समाधानका उपाय खोजिएको बताए।
उनले भने, ‘कठिन परिवेशमा बजेट प्रस्तुत गरेको हो, यो विषय मैले बजेट ल्याउने दिनमै भनेको थिए ।’
बजेटले देशभित्र उत्पादन बढाउने, रोजगारी बढाउने, विदेश जाने युवालाई स्वदेशमै रोक्नेतर्फ गम्भीरताका साथ हेरेको उनको भउनाई छ । आईटी क्षेत्र, स्टार्टअपका विषय यसतर्फ केन्द्रित रहेको मन्त्री महतको भनाई छ ।
बाँझो जमिन उपयोग, सहकारी, कृषि, पर्यटन, साना उद्योगबाट रोजगारी सिर्जना गर्न सकिने गरी कार्यक्रम केन्द्रित गरिएको बताउदै मन्त्री महतले बजेटमा आएका नाराहरु कार्यक्रमसँग सम्बन्धित रहेको बताए।
बजेटमा विपक्षी दलका नेताले २ घण्टा समय टिप्पणीका लागि खर्च गर्नुले बजेटमा नयाँ कुरा भएको पुष्टि हुने मन्त्री महतले बताए।
उनले भने, ‘यसबाट पुष्टि हुन्छ, बजेटमा केही महत्वपूर्ण कुरा छन्, नयाँ कुरा अगाडि बढाउन कोसिस गरेको छ।’