बुधवार, आश्विन २१ गते २०८३

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा न्यायाधीश मल्लको इजलासमा

मंगलवार , जेठ ३०, २०८०

काठमाडौं । बाल सेना दुरुपयोग लगायत आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई आइतबार सर्वाेच्च अदालतले दर्ता गरेको थियाे । गत शुक्रबार रिट निवेदनलाई दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय खारेज गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो । 

नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरेर युद्धअपराध गरेको दाबी गर्दै रिट निवेदनमा प्रचण्डविरुद्ध युद्ध अपराधको मुद्दा दर्ता गरी कारबाही गर्नुपर्ने माग गरिएको छ । साथै प्रधानमन्त्रीबाट प्रचण्डलाई निलम्बन गरिनुपर्ने माग गरिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार